सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सानिमा बैंकको अन्तरबैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा

शुक्रबार, साउन ९ २०८२
सानिमा बैंकको अन्तरबैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा

सानिमा बैंकले देशभर रहेका आफ्ना १३४ वटा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा दिइरहेको छ।

काठमाडौं-  सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तरबैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ।

डिजिटल बैंकिङ प्रविधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरलरुपमा सुविधा दिने उद्देश्यले अन्तरबैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

यस सेवाअन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन्।

यो सेवाले दुर्गमका शाखामा सीमित एटीएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्ने बैंकको विश्वास छ। साथै, अन्य सेवा शुल्क जस्तै: अनलाइन शुल्क/एफसीवाई सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ।

सानिमा बैंकले देशभर रहेका आफ्ना १३४ वटा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा दिइरहेको छ।


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend