सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

बाढी खेतमा पस्दा बर्खे धानबालीमा क्षति

बिहीबार , साउन ८ २०८२
बाढी खेतमा पस्दा बर्खे धानबालीमा क्षति

सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो।

भोजपुर- खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे(साउने) धानबालीमा क्षति पुगेको छ। सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो।

सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका-५ का किसान विश्वराज तामाङले बताए।

सडकमा जम्मा भएको पानीलाई नालीमा व्यवस्थापन नगर्दा तीन जना किसानको धानबालीमा क्षति पुगेको उनले जानकारी दिए। उनले भने, 'नालीलाई व्यवस्थित नगरिँदा माथीबाट भेला आएर पानी खेतमा पसेको हो। बर्सेनि धानबालीमा बाढी पसेर क्षति गर्दै आएको छ।'

खेतमा पहिलो कमाइ बर्खे धानबालीमा उठाएपछि दास्रो बाली विस्तार गर्ने किसान बताउँछन्। बर्सेनि खेतीयोग्य भूमि बाझिँदै गइरहेकाले राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सकजीकरण गर्नुपर्नेमा तामाङले जोड दिए।

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार ५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend