सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

झुलाघाट भन्सारले एक वर्षमा उठायो ७६ लाख राजस्व

बिहीबार , साउन ८ २०८२
झुलाघाट भन्सारले एक वर्षमा उठायो ७६ लाख राजस्व

यस नाकाबाट निर्यात भने शून्य छ। केही वर्ष अघिसम्म घ्यू र कृषिउपज निर्यात हुने गरेको थियो।

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा ७६ लाख ४३ हजार २४३ रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ६५ प्रतिशत मात्र राजस्व संकलन गरेको हो।

गत आवमा एक करोड तीन लाख ५९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्य पूरा हुन नसकेको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीले बताए। राजस्व संकलनको लक्ष्य बढी भएकाले गत आवमा लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ।

उनका अनुसार भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो। आव २०८०/८१ मा कार्यालयको ५० लाख ८९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी ८६ लाख ८४ हजार ९० रूपैयाँ संकलन भएको थियो। 

झुलाघाट नाकाबाट कपडा, भाँडाकुँडा, चिनीलगायत घरायसी प्रयोजनका सामग्रीहरू भित्रिने गरेको छ। भारतीय बजारबाट आयात हुने सामग्रीबाट राजस्व संकलन हुने गरेको कार्यालयका लेखापाल देवराज रानाले जानकारी दिए।

उनका अनुसार यस नाकाबाट निर्यात भने शून्य छ। केही वर्ष अघिसम्म घ्यू र कृषिउपज निर्यात हुने गरेको थियो। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend