सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

गत आवमा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात

बिहीबार , साउन ८ २०८२
गत आवमा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात

गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

झापा- गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार रूपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा ९० करोड ८२ लाख रूपैयाँ अर्थात् चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ। आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ६ दशमलव ५० प्रतिशत अर्थात् ५९ करोड ६९ लाख १० हजार रूपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले बताए।

कार्यालयको तथ्यांकअनुसार गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार रूपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा आठ अर्ब ९२ करोड ८५ लाख रूपैयाँबराबरको एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो।

यसैगरी सात अर्ब तीन करोड ३२ लाख रूपैयाँबराबरको ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ।

यसैगरी उक्त अवधिमा दुई अर्ब ८२ करोड रूपैयाँबराबरको २५ हजार ५६८ मेट्रिकटन एलपी ग्यास, ६६ करोड चार लाख रूपैयाँबराबरको सात हजार २९२ किलोलिटर एटीएफ र २५ करोड ४९ लाख रूपैयाँबराबरको दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend