शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

साना लगानीकर्तालाई बचाउने उद्देश्यले धितोपत्र बोर्डमा आएको हुँ : हमाल

images
आइतबार, फागुन ८ २०७८
images
साना लगानीकर्तालाई बचाउने उद्देश्यले धितोपत्र बोर्डमा आएको हुँ : हमाल

'साना लगानीकर्तालाई नबचाउने मार्केटको कहिले पनि दिगो रुपमा विकास हुन सक्दैन। मेरो मुख्य उदेश्य भनेकै साना लगानीकर्तालाई कसरी बचाउने, उनीहरुको लगानी जोखिममा नपर्ने गरी काम गर्ने हो'

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेसँगै आफू साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताएका छन्। 

images
images
images

आइतबार हमालले पुँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गरेसँगै यस्तो बताएका हुन्।

images
images

उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। अध्यक्ष हमालले सेयर बजारलाई स्वच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निभाउने बताए।

images
images

‘सेयर बजारको चिन्ता भएर नै धितोपत्र बोर्डमा आएको हो। यो सेयर बजारलाई कसरी स्वच्छ रुपमा वृद्धि गर्ने, सेयर कारोबारमा स्वच्छ कारोबार होस्। ट्रान्सफरेन्सी होस्, सबैलाई एउटै किसिमको नियमनकारी भूकिका होस्। नियमन निकाय नियमन निकाय जस्तो होस्। कसैले अन्यायमा पर्नु नपरोस्। सबैभन्दा ठूलो कुरा साना लगानीकर्ता मर्का नपरोस्, साना लगानीकर्तालाई नबचाउने मार्केटको कहिले पनि दिगो रुपमा विकास हुन सक्दैन। मेरो मुख्य उदेश्य भनेकै साना लगानीकर्तालाई कसरी बचाउने, उनीहरुको लगानी जोखिममा नपर्ने गरी काम गर्ने नै सबैभन्दा ठुलो उदेश्य हो’ उनले भने। 

हमाललाई गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको हो। नियुक्तपछि हमालले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासमक्ष पद तथा गोपनियताको सपथ लिएका थिए। 


प्रकाशित : आइतबार, फागुन ८ २०७८०८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend