सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयक प्रस्तुत हुने

बिहीबार , साउन ८ २०८२
प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा दुई महत्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा दुई महत्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको छ।

आजै तीन वटा संसदीय समितिका बैठकसमेत बस्दैछन्।

प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ सम्बन्धमा संशोधन प्रस्तावहरूबारे सांसदहरूसँग छलफल हुने कार्यसूची छ।

यस्तै, राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२०६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend