सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

देशभर मनसुनी प्रभाव कमजोर, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

बिहीबार , साउन ८ २०८२
देशभर मनसुनी प्रभाव कमजोर, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव हाल कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव हाल कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसका कारण वर्षाको गतिविधि सामान्यभन्दा कम देखिएको छ।

बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ। तीमध्ये कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेस र बागमतीलगायतका पहाडी क्षेत्रहरूमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना छ। मौसमविद्हरूका अनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। साथै, कोशी प्रदेशका पहाड र तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको उल्लेख गरिएको छ।

महाशाखाले सम्भावित वर्षाका कारण पहिरो, बाढी तथा जलस्रोतको सतहमा वृद्धि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रकाशित : बिहीबार , साउन ८ २०८२०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend