शुक्रबार, साउन ९ गते २०८२    
शुक्रबार, साउन ९ २०८२
images
images

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा

images
बिहीबार , साउन ८ २०८२
images
images
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा

नेपाल राष्ट्र बैंकले आज (साउन ८ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (साउन ८ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

images
images

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। त्यस्तै, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा तोकिएको छ।

images
images

स्वीस फ्रयाङ्कको खरिददर १७३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६२ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०२ रुपैयाँ कायम भएको छ।

images
images
images

सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४७ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा तथा चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा रहेको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ एक पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा तोकिएको छ।

थाइ भाटको खरिददर चार रुपैयाँ २९ पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा कायम गरिएको छ।

त्यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४ रुपैयाँ ५७ पैसा, डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७ रुपैयाँ ६५ पैसा, कुवेती दिनारको खरिददर ४५२ रुपैयाँ ११ पैसा र बिक्रीदर ४५४ रुपैयाँ सात पैसा, बहराइन दिनारको खरिददर ३६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा तथा ओमनी रियालको खरिददर ३५८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ८९ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैङ्कका अनुसार आवश्यकतानुसार विनिमय दरमा जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ। वाणिज्य बैङ्कहरूले तोक्ने दर भने फरक हुन सक्ने र अद्यावधिक जानकारी राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ८ २०८२०६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend