सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

अग्नि ग्रुपको नयाँ लजिस्टिक्स सेन्टर हेटौँडामा, नियो एसयूभी र जियो ईभी सार्वजनिक

बुधबार, साउन ७ २०८२
अग्नि ग्रुपको नयाँ लजिस्टिक्स सेन्टर हेटौँडामा, नियो एसयूभी र जियो ईभी सार्वजनिक

कम्पनीका अनुसार महिन्द्रा जियो व्यावसायिक प्रयोजनको लागि तयार पारिएको विद्युतीय गाडी हो।

काठमाडौं- अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्राइभेट लिमिटेडमार्फत हेटौँडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ सुरू गरेको छ। साथै, अग्नि इन्कर्पोरेटेड प्रालिमार्फत महिन्द्राका २ नयाँ गाडीहरू महिन्द्रा बोलेरो नियो एसयूभी र महिन्द्रा जियो ईभी पनि एकैसाथ सार्वजनिक गरिएको छ।

बुधबार हेटौँडामा सम्पन्न विशेष ‘लजिस्टिक्स उद्घाटन तथा प्रोडक्ट लन्च समारोह’ मार्फत नयाँ ‘लजिस्टिक्स सेन्टर’ को शुभारम्भ तथा गाडीहरूको सार्वजनिकीकरण गरिएको हो। समारोहमा बागमती प्रदेशका मुख्यसचिव भुपाल बराल र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठद्वारा ताम्रपत्र अनावरण गरी लजिस्टिक्स सेन्टरको उद्घाटन गरिएको कम्पनीले जनाएको छ।

महिन्द्राको नयाँ एसयूभी महिन्द्रा बोलेरो नियोमा १४९३ सीसीको एमहक १०० बीएसभीआई इन्जिन, थर्ड जेनेरेसन स्कोर्पियो च्यासिस, ३८४ लिटरको फराकिलो बुट स्पेस, ७-सिटर कन्फिगरेसन तथा प्रिमियम इटालियन लेदर इन्टेरियरले सुसज्जित रहेको छ।

यो सुविधाले हरेक यात्रालाई अझै आरामदायी र सुविधाजनक बनाउने कम्पनीको विश्वास छ।

agni group - Hetauda Logistics Inauguration and Product Launch Ceremony  (3).jpg

समारोहमा महिन्द्रा लास्ट माइल मोबिलिटीअन्तर्गतको नयाँ महिन्द्रा जियो २ फरक भेरियन्टमा सार्वजनिक गरिएको छ - ‘ईभी डेलिभरी भ्यान’ र ‘ईभी पिक-अप’। कम्पनीका अनुसार महिन्द्रा जियो व्यावसायिक प्रयोजनको लागि तयार पारिएको विद्युतीय गाडी हो।

३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर, एकै चार्जमा १६० किमिको रेन्ज, र ३ वर्ष वा १ लाख २५ हजार किमीको ब्याट्री वारेन्टीले यसलाई व्यावसायिक प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्पको रूपमा रहेको छ।

कम्पनीका अनुसार कम सञ्चालन लागतमा सहरभित्र दैनिक खाद्यान्न, खानेपानी, तरकारी इत्यादि उपभोग्य वस्तुहरू डेलिभरी गर्नको लागि महिन्द्रा जियो एक उपयुक्त विकल्प रहेको छ।

agni group - Hetauda Logistics Inauguration and Product Launch Ceremony  (2).jpg

अग्नि लजिस्टिक्सका लजिस्टिक्स सेन्टरहरू काठमाडौंको सानोभर्‍याङ, हेटौँडाको न्युरेनि, इटहरीको आपगाछी, रुपन्देहीको ओमसतिया ४ र बसन्तपुर गरी देशभर चार स्थानमा रहेका छन्। लजिस्टिक्स सेन्टर तथा वेयरहाउस अत्याधुनिक पूर्वाधारले भरिपूर्ण रहेको कम्पनीको भनाइ छ।

अग्नि लजिस्टिक्स सेन्टरहरूमा लजिस्टिक्स सेवाहरूसँगै अग्नि ग्रुपअन्तर्गतका विभिन्न सेवाहरू पनि एकैठाउँमा उपलब्ध रहेको छ। यसअन्तर्गत अग्नि हायर पर्चेज प्रालिमार्फत व्यावसायिक सवारी खरिदमा सहज वित्तीय सुविधा उपलब्ध रहेको छ।

त्यसैगरी, लजिस्टिक्स सेन्टरमा अग्नि इन्कर्पोरेटेड प्रालिमार्फत महिन्द्राको नयाँ एसयूभी तथा इलेक्ट्रिक गाडीहरूको प्रदर्शन तथा बिक्रीको सुविधा उपलब्ध रहेको छ। साथै, अग्नि मोटो-इन्क प्रालिमार्फत महिन्द्राको दुईपांग्रे मोटरसाइकल तथा स्कुटरहरू प्रदर्शन र बिक्रीको सुविधा पनि उपलब्ध छ। अग्नि इक्विपमन्ट प्रालिमार्फत निर्माण उपकरण तथा मेसिनरिहरूको सप्लाई, बिक्री आदिको सुविधा रहेको छ।


प्रकाशित : बुधबार, साउन ७ २०८२१७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend