सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

बुधबार, साउन ७ २०८२
भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

हाल उनीहरूका लागि पुनःस्थापना प्रक्रिया सुरु गरिएको छ।

खाँदबारी- सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित जिजिङ्गखा टोलमा मंगलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन्। पहिरोमा ढुंगामाटोसहितको ठूलो ढिस्को खस्दा एउटा घर पूर्णरूपमा क्षति भएको छभने एउटा घरमा आंशिक क्षति भएको हो।

पहिरोले पाँच परिवार पूर्ण विस्थापित भएका गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए। उनका अनुसार पहिरोले लिलाबहादुर श्रेष्ठ (सात जना सदस्य), लाप्साङ शेर्पा (चारजना), मुस्कान शेर्पा (पाँचजना), सुब्बा श्रेष्ठ (तीनजना) र रञ्जना श्रेष्ठको परिवार विस्थापित भएका छन्।

अध्यक्ष भोटेका अनुसार रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। पीडित परिवारलाई स्थानीय युवाको सक्रियता, स्याक्सिला गोला प्रहरी चौकी तथा अध्यक्ष भोटेको पहलमा सुरक्षित स्थानमा अस्थायी रूपमा सारिएको छ। हाल उनीहरूका लागि पुनःस्थापना प्रक्रिया सुरु गरिएको छ।

थप क्षति हुन नदिन पहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन भोटखोला गाउँपालिकाले आह्वान गरेको छ। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend