सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

बुधबार, साउन ७ २०८२
आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी रहेको कम्पनीको भनाइ छ।

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिकरुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ।

नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले शुक्रबार होटल र्‍याडिसनमा आयोजना गरेको एक कार्यक्रमका बीच महालेखापरीक्षक तोयम रायाबाट सो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रुपमा ग्रहण गरे। कम्पनीलाई जीवन बीमातर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो।

जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आव २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकाले सो अवार्ड प्रदान गरिएको हो। जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी रहेको कम्पनीको भनाइ छ।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो खुसी साट्दै यसबाट अझ राम्रो गर्दै जानुपर्ने जिम्मेवारी थपिएको बताए।

नेपाली जीवन बीमा उद्योगको करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल यस कम्पनीले सदैव वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो केन्द्रबिन्दुमा राख्दै कार्यसम्पादन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे।


प्रकाशित : बुधबार, साउन ७ २०८२१३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend