सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

प्राधिकरणले ल्यायो ३१ अर्बको बजेट

बुधबार, साउन ७ २०८२
प्राधिकरणले ल्यायो ३१ अर्बको बजेट

प्राधिकरणले यो वर्ष ३१ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ४० करोड रुपैयाँको बजेट ल्याएको छ। 

१२ अर्ब ३९ करोड रुपैयाँ पुँजीगत खर्चमा परिचालन गर्नेगरी प्राधिकरणले विनियोजन गरेको छ। त्यस्तै चालु खर्चका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थामा १२ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ। 

प्राधिकरणले यो वर्षका लागि पुँजीगतभन्दा ऋणको दायित्व बहन गर्नका लागि धेरै बजेट विनियोजन गरेको छ। विगतमा विमानस्थल निर्माणका लागि लिएको ऋणको भुक्तानीका लागि यस्तो बजेट खर्च हुन्छ। 

प्राधिकरणले पुँजीगतमा विमानस्थल निर्मण तथा मर्मत जस्ता काम गर्दै आएको छ। 

नेपालमा नागरिक उड्डयनको नियमन तथा सेवा सञ्चालन गर्दै आएको प्राधिकरणले गत वर्षको तुलनामा घटाएर बजेट ल्याएको हो। प्राधिकरणले गत वर्ष ३४ अर्ब १२ करोड रुपैयाँको बजेट ल्याएको थियो। 

प्राधिकरणले यो वर्ष ३१ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। 

 


प्रकाशित : बुधबार, साउन ७ २०८२१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend