सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

प्रतिनिधि सभाको बैठकमा आज  प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ७ २०८२
प्रतिनिधि सभाको बैठकमा आज  प्रधानमन्त्री ओलीले  प्रश्नको जवाफ दिने

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त 'पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१' माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले 'विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौता' माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक चासोका विधेयक र अन्तर्राष्ट्रिय सहमतिसम्बन्धी छलफल प्रमुख एजेन्डा हुने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२०७:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend