सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सातै प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि वर्षा

बुधबार, साउन ७ २०८२
सातै प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना उच्च देखिएको हो।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना उच्च देखिएको हो।

बिहानैदेखि सातै प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशको कैलालीस्थित साढेपानीमा पछिल्लो एक घन्टामा २१.२ मिलिमिटर र टीकापुरमा १९.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका साथै देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। यस्तो अवस्थामा ती क्षेत्रमा बाढी, पहिरो तथा जलस्रोतको सतह बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

बुधबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२०६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend