सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सहरी विकास मन्त्रालयको वित्तीय प्रगति ५८.६ प्रतिशत

मंगलबार, साउन ६ २०८२
सहरी विकास मन्त्रालयको वित्तीय प्रगति ५८.६ प्रतिशत

सो अवधिमा ९७, स्वास्थ्य भवन, पाँच सभाहल, २१ सरकारी कार्यालय, ९७  विद्यालय भवन निर्माण भएका छन्।

काठमाडौं- सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा  बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा वित्तीयतर्फ ५८ दशमलव ६ प्रतिशत प्रगति हासिल गरेको छ।

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयले एक वर्षको अवधिमा सहरी विकास मन्त्रालयबाट नीतिगत, कानूनी, संस्थागत सुधार तथा पूर्वाधार क्षेत्रमा भएका प्रमुख कार्यहरूबारे जानकारी गराए।

प्रवक्ता मैनालीका अनुसार सो आवमा मन्त्रालयलाई ६८ अर्ब १४ करोड ३६ लाख ६८ हजार १२३ रूपैयाँ बजेट विनियोजित भएकोमा वित्तीय प्रगति ३९ अर्ब ५६ करोड, ५२ लाख ७० हजार रूपैयाँ खर्च भएको छ।

सो अवधिमा ९७, स्वास्थ्य भवन, पाँच सभाहल, २१ सरकारी कार्यालय, ५५ स्थानीय तहको प्रशासकीय भवन, ९७  विद्यालय भवन, ३२ पार्क, १३ बसपार्क, ५७ सार्वजनिक भवन, दुई दशमलव नौ किमी तटबन्ध, २२ वटा स्थानीय सडक पुल, २९६ किमी नाला, २७८ वटा झोलुंगे पुलको निर्माण सम्पन्न भएका छन्।

प्रवक्ता मैनालीका अनुसार पहुँच सुधारका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुंगे पुल सञ्चालनमा आएको छ। त्यसैगरी २७८ किमि ग्रामीण सडक कालोपत्रे सडक ढलान र ६१८ किमि सहरी सडक कालोपत्रे तथा थप नौ वटा गापा/नपा केन्द्रमा सडक पुर्‍याइएको छ।

एक वर्षमा अन्तर्राष्ट्रियस्तरको त्रिवि क्रिकेट स्टेडियमअन्तर्गत प्यारापिट र फ्लडलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको तथा चार हजार ७४७ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको जानकारी दिइएको छ। हालसम्म ११ हजार वटा सुरक्षित नागरिक आवास निर्माण भइसकेको पनि बताइएको छ।

शवदाह निर्माणअन्तर्गत यस आवमा एक वटा शवदाहको निर्माण कार्य सम्पन्न भएको छ भने थप तीन वटाको निर्माण भइरहेको तथा धरहरा परिसरमा निर्मित धरहरा, बेसमेन्ट पार्किङ, बगैँचा सर्वसाधारणको लागि खुला गरिएको मन्त्रालयले जनाएको छ।

जाजरकोट र रूकुमपूर्वको भुकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनर्निर्माण कार्यअन्तर्गत २३ वटा भवनको ठेक्का प्रक्रिया प्रारम्भ भएकोमा १७ वटा भवनको ठेक्का सम्झौता समेत सम्पन्न भइ निर्माण कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ। 

त्यसैगरी, चितवन सौराहा सभाहल सञ्चालन भएको तथा दमक व्यापारिक कम्प्लेक्स सर्वसाधारणका लागि खुला गरिएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२१८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend