सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

विदेश पठाइदिने भन्दै २१ लाख रूपैयाँभन्दा बढी ठगी, दुईजना पक्राउ

मंगलबार, साउन ६ २०८२
विदेश पठाइदिने भन्दै २१ लाख रूपैयाँभन्दा बढी ठगी, दुईजना पक्राउ

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

काठमाडौं- वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै २१ लाख ६४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भइ हाल काठमाडौं महानगरपालिका-१५ बस्ने २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाको गुलरिया नगरपालिका-२ घर भइ हाल काठमाडौं-३२ बस्ने ३३ वर्षीय सुदीपकुमार यादव रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उनले भने, 'पक्राउ परेकामध्ये जुनुले स्लोभाकिया पठाइदिने भन्दै तीन लाख १० हजार रूपैयाँ र सुदीपले सर्बिया पठाइदिने भन्दै १८ लाख ५४ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।'

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२१४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend