सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

ठमेलबाट दुई किलो सुन र २४ लाख नगदसहित दुईजना चिनियाँ नागरिक पक्राउ

मंगलबार, साउन ६ २०८२
ठमेलबाट दुई किलो सुन र  २४ लाख नगदसहित दुईजना चिनियाँ नागरिक पक्राउ

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, 'ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ।' रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२१४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend