काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा कायम गरिएको छ। स्वीस फ्रयाङ्कको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा छ भने क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर १०० रुपैयाँ ९५ पैसा कायम गरिएको छ। सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९४ पैसा रहेको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।
मध्यपूर्वका प्रमुख मुद्राहरुमा साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा तोकिएको छ।
यसैगरी, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ७ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ४ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४२ पैसा तोकिएको छ।
एशियाली मुद्रातर्फ थाई भाट एकको खरिददर चार रुपैयाँ २६ पैसा र बिक्रीदर चार रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा रहेको छ।
स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४ रुपैयाँ ३९ पैसा, डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।
हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७ रुपैयाँ ६३ पैसा रहेको छ।
नेपाल–भारत सिमाना व्यापारमा प्रयोग हुने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने केही फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी समेत दिइएको छ। रासस