सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

देशभर मनसुनी प्रभाव कायम, कोशी-गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

मंगलबार, साउन ६ २०८२
देशभर मनसुनी प्रभाव कायम, कोशी-गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको छ।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको छ।

मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको विभागको पूर्वानुमान छ।

मंगलबार रातिको समयावधिमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम रहनेछ। उक्त अवधिमा पनि पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

मौसमविद्हरूले भारी वर्षाको सम्भावित क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरेका छन्। नदीको जलस्तर बढ्ने, पहिरो तथा सडक अबरुद्धजस्ता जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ६ २०८२०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend