शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एमसीसी संसदमा पेस गर्न सत्ता गठबन्धनमा सहमति

आइतबार, फागुन ८ २०७८
एमसीसी संसदमा पेस गर्न सत्ता गठबन्धनमा सहमति

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। 

एमसीसी केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा संसद् सचिवालयमा दर्ता भइसकेको छ। त्यसलाई सदनमा पेस गर्ने सहमति आइतबार जुटेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए।

आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने बताइएको छ। 

दातृ राष्ट्र अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी पारित गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई समयसीमा दिएको छ।

करिब ५५ अर्ब रूपैयाँ अमेरिकी अनुदानबाट ४०० केभी क्षमताका ३१२ किलोमिटर प्रसारण लाइन र सडक पूर्वाधार निर्माण हुनेछ। काम सुरु भएको पाँच वर्षभित्र एमसीसी परियोजना सम्पन्न गर्नुपर्ने समयसीमा छ। 


प्रकाशित : आइतबार, फागुन ८ २०७८०५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend