शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

किसानलाई गोबर खरिदमा अनुदान

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ८ २०७८
images
किसानलाई गोबर खरिदमा अनुदान
images
images

चितवन- जिल्लाको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। प्राङ्गारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो। मलमा अनुदान दिन नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ।

images
images
images

नगर क्षेत्रमा एक टेलर मलको ३ हजारदेखि ३ हजार ५ सय रूपैयाँसम्म पर्ने गरेको छ। नगरपालिकाले एक टेलर मल खरिदमा १ हजार ५ सय रूपैयाँ उपलब्ध गराउने भएको छ। एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन्। एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रूपैयाँ अनुदान रकम पाउने नगरप्रमुख नारायण वनले बताए।

images
images

नगरपालिकामा सूचीकृत भएका पशुपालन फार्मबाट किसानले गोबर मल खरिद गर्नुपर्ने छ। त्यसका लागि अहिलेसम्म १० वटा पशुपालन फार्म सूचीकृत भएका छन्। वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताए।

images
images

उनले भने, 'हामीले किसानलाई अनुदानमा गाई दिएका छौँ, पशुपालनलाई कृषिसँग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो।' अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको शिकार हुनुपरेको भन्दै अग्र्यानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको उनको भनाइ छ।

नगर उपप्रमुख विमला दुवाडीले बाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको जानकारी दिइन्। उनले भनिन्, 'एकातिर गोबर नबिक्ने, अर्कातर्फ खेती गर्ने किसानले मल नपाउने समस्या छ, यसले समस्या समाधान हुन्छ।' नगरपालिकाले कृषि क्षेत्रका विविध शीर्षकमा अनुदान दिँदै आएको छ। यसअघि गाई खरिद, दूध, मेसेरेनरी, सिँचाइलगायतमा अनुदान दिँदै आएको छ। रासस


प्रकाशित : आइतबार, फागुन ८ २०७८०५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend