सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

मनसुनका बेला विद्युत र सञ्चार सेवा प्रभावकारी बनाउन आग्रह

आइतबार, साउन ४ २०८२
मनसुनका बेला विद्युत र सञ्चार सेवा प्रभावकारी बनाउन आग्रह

कमाण्ड पोष्टको बैठकले मनसुन अवधिभर बाढी, पहिरो, डुबान र भारी वर्षाका कारण विद्युत आपूर्ति तथा सञ्चार प्रणाली अवरुद्ध हुने गुनासो आउने गरेकाे पनि जनाएकाे छ।

काठमाडौं- मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ।

कमाण्ड पोष्टको आइतबार सिंहदरबारमा सम्पन्न तेस्रो बैठकले मनसुन अवधिभर बाढी, पहिरो, डुबान र भारी वर्षाका कारण विद्युत आपूर्ति तथा सञ्चार प्रणाली अवरुद्ध हुने गुनासो आउने गरेकाे पनि जनाएकाे छ।

सोको यथोचित र शीघ्र सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन विद्युत र दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए।

कमाण्ड पोष्टको बैठकले मनसुन अवधिभर नेपाल टेलिकम, एनसेललगायतका दूरसञ्चार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत आपूर्ति सुनिश्चित गर्न विद्युत प्राधिकरणलाई अनुरोध गरेको हो।

बैठकले हालै रसुवामा गएको बाढीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १८औँ बैठकबाट निर्णय भएबमोजिम भन्सार पूर्वाधार, सडक, विद्युत् र अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत आकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको छ। रासस


प्रकाशित : आइतबार, साउन ४ २०८२१८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend