सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

धरहरा चढ्नेको संख्या दोबरले बढ्यो

आइतबार, साउन ४ २०८२
धरहरा चढ्नेको संख्या दोबरले बढ्यो

समय थप भएपछि धरहरा हेर्न आउनेहरुको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए।

काठमाडौं- धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरुको संख्या दोबरले वृद्धि भएको छ। साउन १ गतेबाट धरहरा बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्ला गरिएको छ।

समय थप भएपछि धरहरा हेर्न आउनेहरुको संख्या दोबरभन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए।

‘बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म टिकट खुल्छ। बिहान साढे ८ देखि बेलुका ८ बजेसम्म अहिले सेवाग्राहील धरहरा चढिरहनुभएको छ’ इकाई प्रमुख राइले भने, ‘समय थप हुँदा निक्कै राम्रो भएको छ। धरहरा हेर्न आउनेहरुको संख्या विगतमा भन्दा दोब्बरले वृद्धि भएको छ।’

पहिला धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको हो। पहिला दैनिक करिब १२ सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन्।

साउन १ गते दुई सय पाँच सय जनाले, २ गते दुई हजार ६ सय ३१ र ३ गते तीन हजार पाँच सय ७ जनाले अवलोकन गरेका राईले बताए। साउन १ देखि ३ गतेसम्ममा १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ संकलन भएको छ।

धादिङकी कल्पना तामाङले धरहरा चढ्दा दिउँसोभन्दा बेलुका रमाइलो लागेको बताइन्। ‘बेलुकाको काठमाडौंको झिलिमिली दृश्य धरहराबाट हेर्दा एकदमै मनमोहक देखिँदो रहेछ। बिहान, दिउँसोभन्दा बुलकाको दृश्य झनै राम्रो लाग्यो’ उनले भनिन्।

२०८१ मंसिर देखि २०८२ असार मसान्तसम्ममा पाँच करोड १२ लाख  ६२ हजार ९ सय ९५ रुपैयाँ धरहरा चढ्नेहरुबाट संकलन भएको छ।


प्रकाशित : आइतबार, साउन ४ २०८२१७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend