सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

नेपालको पशुचिकित्सा क्षेत्रमा सहयोग गर्न विश्व समुदायको ध्यानाकर्षण

आइतबार, साउन ४ २०८२
नेपालको पशुचिकित्सा क्षेत्रमा सहयोग गर्न विश्व समुदायको ध्यानाकर्षण

विश्व भेटेरिनरी एसोसिएसनसँग निरन्त सहकार्य गर्न आफूहरू तयार रहेको  र सदस्यता लिने क्रममा रहेको उनले बताएका थिए।

काठमाडौं- नेपाल भेटनरी एसोसिएसनले विश्व समुदायलाई नेपालको पशुचिकित्साको क्षेत्रमा सहयोग गर्न ध्यानाकर्षण गराएको छ। 

विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा सम्बोधन गर्दै नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्ष डा सितलकाजी श्रेष्ठले सम्बोधन सो आग्रह गरेका हुन्। 

महासभामा सम्बोधन गर्दै डा श्रेष्ठले नेपालमा पशु चिकित्शकहरुले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरुसँग सहकार्यको आव्हान गरेका थिए। 

विश्व भेटेरिनरी एसोसिएसनसँग निरन्त सहकार्य गर्न आफूहरू तयार रहेको  र सदस्यता लिने क्रममा रहेको उनले बताएका थिए। 

सार्क भेटेरिनरी एसोसिएसनको महासचिवसमेत रहेका श्रेष्ठ नेपालमा भेटनरी चिकित्साको क्षेत्रमा भइरहेका गतिविधिको बारेमा महासभालाई जानकारी गराएका थिए।


प्रकाशित : आइतबार, साउन ४ २०८२१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend