सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

भदौ ३१ मा भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

आइतबार, साउन ४ २०८२
भदौ ३१ मा भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा प्रधानमन्त्री ओली भदौ ३१ देखि असोज १ गतेसम्मका लागि भारत भ्रमणमा जाने तय भएकाे हो।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा दुईदिने भारत भ्रमणमा जाने भएका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा प्रधानमन्त्री ओली भदौ ३१ देखि असोज १ गतेसम्मका लागि भारत भ्रमणमा जाने तय भएकाे हो। भ्रमणमा गएको भोलिपल्टै उनी फर्कने कार्यक्रम छ।

२०८१ असार ३० गते प्रधानमन्त्री बनेका ओलीले लगत्तै भारत भ्रमण हुनसक्ने बताए पनि प्रधानमन्त्री मोदीबाट औपचारिक निमन्त्रणा नआउँदा भ्रमण हुन सकेको थिएन। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक वर्षपछि भ्रमणको निम्तो आएको हो।


प्रकाशित : आइतबार, साउन ४ २०८२१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend