सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

आइतबार, साउन ४ २०८२
नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

महालेखापरिक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए।

काठमाडौं- नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिकरुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ।

आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो। आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेका थिए।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखापरिक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बीपीए अवार्डका लागि समेत मनोनित हुनेछ।

नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित : आइतबार, साउन ४ २०८२११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend