सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल नियुक्त

शनिबार, साउन ३ २०८२
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन्।

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन्। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा ढकाललाई अध्यक्ष चयन गरेको हो। अध्यक्षमा नियुक्त भएसँगै उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

ढकाल बैंकिङ क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व हुन्। उनले नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा दिएका छन्। पछिल्लो समय राष्ट्र बैंकमा निर्देशकको भूमिकामा रहेका उनले वित्तीय प्रणाली, बैंकिङ प्रशासन र नियमनको क्षेत्रमा गहिरो अनुभव हासिल गरेका छन्।

नवनियुक्त अध्यक्ष ढकालको स्वागतमा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, बैंक व्यवस्थापन समिति, कम्पनी सचिव प्रमोद अधिकारी तथा सीईओ कार्यालयका कर्मचारीहरू सहभागी थिए।

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३०९ शाखामार्फत ७७ वटै जिल्लामा करिब ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले आफ्नो सेवालाई समयानुकूल बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विस्तारमा केन्द्रित रहेको जनाएको छ।


प्रकाशित : शनिबार, साउन ३ २०८२०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend