सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

विदेशी मुद्रासँग कमजोर हुँदै नेपाली रुपैयाँ, अमेरिकी डलरको दर १३८ नाघ्यो

शनिबार, साउन ३ २०८२
विदेशी मुद्रासँग कमजोर हुँदै नेपाली रुपैयाँ, अमेरिकी डलरको दर १३८ नाघ्यो

नेपाली रुपैयाँ अमेरिकी डलरलगायत प्रमुख विदेशी मुद्रासँग फेरि कमजोर बनेको छ।

काठमाडौं- नेपाली रुपैयाँ अमेरिकी डलरलगायत प्रमुख विदेशी मुद्रासँग फेरि कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले आज (शनिवार) सार्वजनिक गरेको विनिमय दरअनुसार एक अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ १४ पैसा पुगेको छ भने खरिददर १३७ रुपैयाँ ५४ पैसा तोकिएको छ।

डलरसँगै युरोपियन युरोको दर पनि उकालो लागेको छ। युरो एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आज तोकेको विनिमय दरअनुसार कुवेती दिनारको दर झन् चर्किएको छ। एक कुवेती दिनारको खरिददर ४५० रुपैयाँ १५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १२ पैसा तोकिएको छ। बहराइन र ओमानको मुद्राको दर पनि क्रमशः ३६६ रुपैयाँ र ३५८ रुपैयाँभन्दा माथि पुगेको छ।

एसियाली बजारतर्फ हेर्दा चिनियाँ युआनको बिक्रीदर १९ रुपैयाँ २५ पैसा पुगेको छ भने जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ३० पैसा कायम भएको छ। भारतीय रुपैयाँ १०० को बिक्रीदर भने १६० रुपैयाँ १५ पैसामा कायम छ।

राष्ट्र बैंकका अनुसार तोकिएको विनिमय दर आवश्यकतानुसार जुनसुकै बेला परिवर्तन गर्न सकिनेछ। त्यस्तै वाणिज्य बैंकहरूले लिने-बेच्ने दर राष्ट्र बैंकको तोकिएभन्दा केही भिन्न हुन सक्ने बताइएको छ। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने व्यवस्था छ। रासस


प्रकाशित : शनिबार, साउन ३ २०८२०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend