सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

देशभर मनसुनी प्रणालीको प्रभाव, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

शनिबार, साउन ३ २०८२
देशभर मनसुनी प्रणालीको प्रभाव, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले मुलुकमा मनसुनजन्य प्रभाव देखा परिरहेको छ। शनिबार बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश भू-भागमा बादल लाग्ने र वर्षाको क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले मुलुकमा मनसुनजन्य प्रभाव देखा परिरहेको छ। शनिबार बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातसमेत हुन सक्ने सम्भावना छ।

रातिको समयमा पनि मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका धेरै स्थानमा, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ।

महाशाखाले सम्भावित भारी वर्षाबाट सञ्‍चालनमा रहेका नदी, खोला तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रकाशित : शनिबार, साउन ३ २०८२०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend