सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन

शुक्रबार, साउन २ २०८२
चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन

समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिए।

काठमाडौं- प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौं चक्रपथको दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको आजको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिए।

बैठकमा मन्त्री दाहालले दोस्रो चरणअन्तर्गत कलंकी-महाराजगञ्ज खण्डको काम शीघ्र अघि बढ्ने स्पष्ट पारे। ७ दशमलव २ किलोमिटर दुरीको सो खण्ड विस्तारको काम अघि बढाउने तयारी भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २ २०८२१७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend