सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल

शुक्रबार, साउन २ २०८२
हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल

सिंहदरबारमा आज बसेको बैठकमा विधेयकमा संशोधन हालेका सांसदसँग छलफल गरिएको हो।

काठमाडौं- प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल सुरु भएको छ।

सिंहदरबारमा आज बसेको बैठकमा विधेयकमा संशोधन हालेका सांसदसँग छलफल गरिएको हो। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सचिव हरि मैनालीसहित मन्त्रालयका विभागीय कर्मचारीको उपस्थितिमा विधेयकलाई समृद्ध बनाउने विषयमा छलफल भएको छ।

त्यस अवसरमा संशोधनकर्ता विमला सुवेदी, भगवती चौधरी, राजेन्द्र पाण्डे, नारायणी शर्मा, चन्दा कार्की, दुर्गा राई, सोविता गौतम र विनिता कठायतले विधेयकमाथि आफ्नो संशोधन प्रस्तावलाई समितिसामु प्रष्ट पारेका थिए।

समितिका सभापति राजकिशोर यादवले संशोधनकर्ता सांसद र विज्ञहरूको धारणा तथा सुझावसमेतका आधारमा विधेयकलाई थप समृद्ध बनाएर चाँडो पारित गराउनेगरी छलफललाई तीब्रता दिइएको बताए। उनले विधेयकलाई समृद्ध बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। रासस


प्रकाशित : शुक्रबार, साउन २ २०८२१५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend