शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

बागमती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाइयो, भएन व्यवस्थापन

images
शनिबार, फागुन ७ २०७८
images
बागमती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाइयो, भएन व्यवस्थापन

बागमती सफाइ महाअभियानको ४५८औँ हप्तामा शनिबार बागमती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

images
images

काठमाडाैं- बागमती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ। बागमती सफाइ महाअभियानको ४५८औँ हप्तामा शनिबार बागमती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

images
images
images

विगत केही दिनदेखि काठमाडौं महानगरपालिकाले राजधानीबाट फोहर उठाउन नसक्दा सडक किनार, चोकमा फोहर थुप्रिएको छ। फोहरका कारण राजधानी काठमाडौं दुर्गन्धित बन्न थालेको छ। फोहर व्यवस्थापनमा महानगरपालिकाले ध्यान नदिँदा बेलाबेलामा समस्या आउने गरेको छ।

images
images

बागमती मनोहरा दोभानको सफाइमा नेपाली सिने जगतका कलाकार पुजा शर्मा, पल शाह, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, काठमाडौं महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, स्थानीयवासी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न संघसंस्थाको सक्रियता रहेको थियो।

images
images

अर्को साता शनिबार पनि बागमती मनोहरा दोभानमै बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म सफाइ गरिने जनाइएको छ। बागमतीको शंखमूल क्षेत्रमा अझै फोहरको थुप्रो देखिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए। फोहरको थुप्रो देख्दा नौ वर्षदेखि के गरियो भन्ने प्रश्न उब्जिएको उनको भनाइ थियो।

गुह्येश्वरीमाथिको बागमती सफाइको ४२६औँ हप्तामा गोठाटार पुलको नदी क्षेत्रमा सफाइ गरिएको छ। मुहानदेखिकै बागमती सफाइ गर्दै आएको बागमती सुन्दरता सरोकार मञ्चको सक्रियतामा यस क्षेत्रको अभियान चल्ने गरेको छ। ‘फोहर शून्य नदी किनार सम्भव छ’ भन्ने नाराका साथ मञ्चले सफाइ गरिरहेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।

मनोहरा सफाइ अभियानको २५७औँ हप्तामा काठमाडौं महानगरपालिका वडा नं ३२ जडिबुटीस्थित मनोहरा पुलमुनि दुई घण्टा सफाइ गरिएको हो। विभिन्न संस्थाका ५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए।

२०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ अभियान हप्तामा एक दिन शनिबार निरन्तर छ। ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ जारी सफाइ अभियान चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल समयमा पनि जारी हुँदै आएको छ। बागमती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौं उपत्यकामा यसका सहायक नदी पनि सफाइ सुरु भएको छ। काठमाडौं उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ।

यसैगरी आज काठमाडौं उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, बागमतीका विभिन्न स्थान, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ।

यसैगरी बागमती सफाइ महाअभियानबाट प्रभावित भइ काठमाडौं उपत्यका बाहिरका प्रमुख सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। हाल काठमाडौं उपत्यका बाहिर १०९ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ। रासस


प्रकाशित : शनिबार, फागुन ७ २०७८११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend