शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

पर्यटन बोर्डको ऐतिहासिक बजेट : ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

images
शुक्रबार, साउन २ २०८२
images
images
पर्यटन बोर्डको ऐतिहासिक बजेट : ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।

images

काठमाडौं- नेपाल पर्यटन बोर्डले आफ्नो इतिहासकै ठूलो बजेट स्वीकृत गर्दै आगामी वर्षका लागि आक्रामक योजनासहितको कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डको कार्यकारी समितिको असार ३१ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५९ करोड ९९ लाख ७० हजार रूपैयाँको बजेट स्वीकृत गरेको हो।

images
images

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ। पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धनमा ४३ करोड ६१ लाख, जनसम्पर्क तथा प्रचारप्रसारमा १२ करोड ९५ लाख, अनुसन्धान तथा योजना तर्फ २ करोड ६७ लाख र पर्यटन सम्पदा विकासका लागि १८ करोड ६३ लाख रूपैयाँ विनियोजन गरिएको छ।

images
images

बोर्डले युरोप, अमेरिका, भारत, चीन, जापान, थाइल्याण्ड, भियतनामलगायत प्रमुख स्रोत मुलुकहरूमा सेल्स मिसन, डिजिटल मिडिया अभियान, ओटीटी सहकार्य, सिने टुरिज्म, डायस्पोरा कनेक्ट र अन्तर्राष्ट्रिय ब्रान्डिङ रणनीतिमा प्राथमिकता दिनेछ। प्रवर्द्धनात्मक अभियानलाई सशक्त बनाउन भारतमा बोर्डको क्षेत्रीय कार्यालय खोल्ने तयारी पनि यो वर्ष गरिनेछ।

images
images
images

गन्तव्य पूर्वाधार र स्थानीय क्षमता विकासतर्फ पनि बोर्डले प्राथमिकता दिएको छ। पदमार्ग सुधार, ग्रीन हस्पिटालिटी प्रमाणीकरण, नमस्ते सेन्टर स्थापना, भाषा र डिजिटल सीप तालिम, टुर अपरेटर तालिम, पर्वतीय तथा सांस्कृतिक गन्तव्य प्रवर्द्धन कार्यक्रममार्फत पर्यटन गन्तव्यहरू सुदृढ बनाउने योजना रहेको छ। यसका लागि १८ करोड ६३ लाख रूपैयाँ विनियोजन गरिएको छ।

पोखरा पर्यटन कार्यालयमार्फत अन्नपूर्ण-मनास्लु पदमार्ग प्रवर्द्धन, पर्यटक प्रहरी तालिम, सडक महोत्सव, ट्राभल मार्ट, पर्वतीय संग्रहालय प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गरिनेछ। यसतर्फ ११ करोड ६६ लाख रूपैयाँ छुट्याइएको छ। भारत, चीन र अन्य दक्षिण एसियाली मुलुकहरूमा पनि लक्षित प्रचार गरिनेछ।

हिमालयन ट्राभल मार्ट, बुद्धिष्ट ट्राभल मार्ट, एडभेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम, सफारी टुरिज्म मार्टजस्ता कार्यक्रमहरूलाई ४ करोड ६२ लाख रूपैयाँ छुट्याइएको छ। यी मार्ट कार्यक्रमहरूमार्फत नेपाली पर्यटनको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ।

बोर्डले दिगो पर्यटनलाई दीर्घकालीन रणनीतिक प्राथमिकता दिएको छ। टीएमस प्रणाली कार्यान्वयन, विपद् व्यवस्थापन कोष, जलवायु परिवर्तनमा केन्द्रित अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य विस्तारजस्ता कार्यक्रममार्फत दीगो पर्यटनको आधारशीला निर्माण गरिने जनाइएको छ।

पर्यटन बोर्डको यो बजेटले नेपालको पर्यटन प्रवर्द्धन, गन्तव्य सुदृढीकरण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो बजेट केवल रकमको हिसाब-किताब नभइ नेपालको पर्यटन प्रवर्द्धनमा ‘नयाँ युगको प्रतिबद्धता’ भएको बताए। ‘बजेट ठूलोमात्र होइन, कार्यान्वयनमा फड्को मार्ने हो भने मात्रै परिणाम आउनेछ’, कार्यकारी प्रमुख जोशीले भने।

बजेट तर्जुमा उपसमिति संयोजक ऋषिराम भण्डारीका अनुसार समयमै बजेट स्वीकृत भएपछि कार्यक्रम कार्यान्वयन प्रभावकारी हुने अपेक्षा गरिएको छ।


प्रकाशित : शुक्रबार, साउन २ २०८२१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend