शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : कांग्रेस उपसभापति गुरुङ

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन ७ २०७८
एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : कांग्रेस उपसभापति गुरुङ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन्। पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताए।

'एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ। देशको आन्तरिक मामला भएकाले के ठीक के बेठिक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ,' उपसभापति गुरुङले भने, 'हाम्रै कारणले वैदेशिक शक्ति एमसीसीका बारेमा बोल्न थालेका हुन् की भन्ने मलाई लाग्छ। नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेका छन्।'


प्रकाशित : शनिबार, फागुन ७ २०७८११:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend