सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

शुक्रबार, साउन २ २०८२
कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

नवनिर्मित पुलबाट दुई पाङ्ग्रे सवारी सञ्चालन भएका छन्। यद्यपि पुलको औपचारिक उद्घाटन भएको छैन।

तनहुँ- भीमाद नगरपालिका-१ भएर बग्ने कुलुङखोलामा पुल ७२ दशमलव २० मिटर लामो पक्की पुल निर्माण भएको छ। 

विसं २०८१ असोज तेस्रो सातादेखि निर्माण थालिएको पुल म्यादभन्दाअगावै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

नवनिर्मित पुलबाट दुई पाङ्ग्रे सवारी सञ्चालन भएका छन्। यद्यपि पुलको औपचारिक उद्घाटन भएको छैन। 

गण्डकी प्रदेश सरकारको सात करोड ७३ लाख ६४ हजार ३८२ रूपैयाँको लागतमा पुल निर्माण भएको हो। सडक निर्माण भएको २५ वर्षपछि पुल बनेको हो। रासस


प्रकाशित : शुक्रबार, साउन २ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend