सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

लामो समयदेखि कर नबुझाएका १ सय २२ करदाता कारबाहीमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २ २०८२
लामो समयदेखि कर नबुझाएका १ सय २२ करदाता कारबाहीमा

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी पनि दिइएको छ।

बागमती- हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १ सय २२ करदातालाई कारबाही गरेको छ। 

लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १ सय २२ करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताए। 

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिएका छन्।

कर नबुझाउनेहरूको अभिलेख तयार भएको उनले बताए। साथै उनका अनुसार नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन २ २०८२०९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend