सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख रुपैयाँ वितरण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २ २०८२
तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख रुपैयाँ वितरण

दुग्ध उत्पादनमा किसानलाई आकर्षित गराउने उद्देश्यसहित प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान वितरण गरिएको हो।

तनहुँ- भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई ९७ लाख ४१ हजार ५ सय ३४ रुपैयाँ अनुदान वितरण गरेको छ।

दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो।

केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा किसानलाई ४३ लाख ७३ हजार अनुदान वितरण गरिएको थियो।

केन्द्र प्रमुख रविनसन अधिकारीले उत्पादनका आधारमा अनुदान दिने नीतिले दुग्ध उत्पादनतर्फ किसान आकर्षित भएको जानकारी दिए। चालु आवमा दुग्ध उत्पादनमा अनुदान कार्यक्रमका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

दुग्ध उत्पादनमा किसानलाई आकर्षित गराउने उद्देश्यसहित प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान वितरण गरिएको हो। चालु आवमा ३२ लाख ४७ हजार लिटर दूधमा अनुदान वितरण गरिएको अधिकारीले उल्लेख गरे। 

जिल्लाका १५ वटा सहकारीमार्फत प्रस्ताव आए पनि दोहोरो सुविधा नहुने गरी १०-११ वटा सहकारीमार्फत दूध बिक्री वितरण गर्ने किसानलाई अनुदान दिइएको अधिकारीले उल्लेख गरे। दूधमा उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएकाले जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २ २०८२०९:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend