मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

अर्थले जारी गर्‍यो बजेट कार्यान्वयन मार्गदर्शन

बिहीबार , साउन १ २०८२
अर्थले जारी गर्‍यो बजेट कार्यान्वयन मार्गदर्शन

प्रत्येक वर्ष अर्थले जारी गर्ने यो मार्गदर्शनका धेरै कुरा भने खासै कार्यान्वयन हुँदैनन्।

काठमाडौं- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित सरकारी निकायका लागि राय सुझावसहितको मार्गदर्शन अर्थले जारी गरेको हो। 

बजेट कार्यान्वयन गर्दा के कस्ता कुरामा ध्यान दिने, खर्चको कार्यतालिका, रकमान्तरलगायतका विषयमा आधारभूत अभ्यास तथा नियम उल्लेख गर्दै मन्त्रालयले मार्गदर्शन जारी गरेको हो। 

प्रत्येक वर्ष अर्थले जारी गर्ने यो मार्गदर्शनका धेरै कुरा भने खासै कार्यान्वयन हुँदैनन्। 

खर्चतमा मितव्ययीता कायम गर्ने, बजेटमा उल्लेख भए अनुसारमात्र खर्च गर्ने, विभिन्न नियम तथा कानूनको परिपालना गर्नुपर्ने विषय मार्गदर्शनमा उल्लेख गरिएको हुन्छ। 


प्रकाशित : बिहीबार , साउन १ २०८२१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend