मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

भौतिकमन्त्री दाहालसँग चीनका राजदूतको भेट, पूर्वाधार निर्माणको विषयमा छलफल

बिहीबार , साउन १ २०८२
भौतिकमन्त्री दाहालसँग चीनका राजदूतको भेट, पूर्वाधार निर्माणको विषयमा छलफल

भेटमा क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माणमा चीनले चासो देखाएको बताइएकाे छ।

काठमाडौं- नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन्।

बिहिबार मन्त्रालयमा भएको सो भेटमा बाढीले क्षतिग्रस्त स्याफ्रुबेँसी-रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ। भेटमा क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माणमा चीनले चासो देखाएको बताइएकाे छ।

साथै चीनले सीमापुल भएको स्थानमा जतिसक्दो छिटो अस्थायी पुल बनाउने प्रतिबद्धता जनाएको छ। यसैगरी चीन सरकारको सहयोगमा सञ्चालित अन्य आयोजना टोखा-छहरे सुरुङमार्ग, हिल्सा-सिमिकोट सडक, खाँदबारी-किमाथाङका सडकलगायतका विषयमा पनि छलफल भएको थियो।

छलफलमा राजदूत सङले काठमाडौं-चक्रपथ दोस्रो खण्ड विस्तार सुरु गर्ने बताएका छन्। भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वाससमेत मन्त्री दाहालले व्यक्त गरेका छन्।


प्रकाशित : बिहीबार , साउन १ २०८२१६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend