मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइँदै

बिहीबार , साउन १ २०८२
बाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइँदै

अलपत्र परेकामा मालवाहक सवारीसाधनका चालक तथा सहचालक गरी ९१ जना छन्।

रसुवा- गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र परेका नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। 

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ।

केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ।

अलपत्र परेकामा मालवाहक सवारीसाधनका चालक तथा सहचालक गरी ९१ जना छन्।

कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १ २०८२११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend