मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सिर्सिया सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

बिहीबार , साउन १ २०८२
सिर्सिया सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले संघीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको जानकारी दिए।

पर्सा- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। साथै एकीकृत कार्यालयबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।

यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो। त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो। एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात-निर्यात गर्ने गरिन्छ। 

सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे र्‍याकबाट सामान आयात र निर्यात हुने गरेको थियो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले संघीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको जानकारी दिए।

यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षभरिमा ४९ अर्ब ८२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। रासस

प्रकाशित : बिहीबार , साउन १ २०८२१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend