मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार , साउन १ २०८२
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

युरोपियन युरोको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा तोकिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरी सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ। युरोपियन युरोको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा तोकिएको छ।

स्विस फ्र्याङ्कको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा रहेको छ। अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा कायम गरिएको छ।

सिङ्गापुर डलरको खरिददर १०६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा रहेको छ भने चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा कायम गरिएको छ।

त्यसैगरी साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर लगायतका मुद्राको पनि विनिमय दर सार्वजनिक गरेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। नेपाल राष्ट्र बैंकले आवश्यक परे विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्नेछ। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहनेछ।


प्रकाशित : बिहीबार , साउन १ २०८२०६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend