मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

मनसुन सक्रिय, देशभर वर्षा र मेघगर्जनको सम्भावना

बिहीबार , साउन १ २०८२
मनसुन सक्रिय, देशभर वर्षा र मेघगर्जनको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ भने भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको असर पनि छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सामान्यतया सरदर स्थानमा रहेको छ।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ भने भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको असर पनि छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सामान्यतया सरदर स्थानमा रहेको छ।

पछिल्लो तीन घन्टामा कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ। बिहीबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुनसक्ने महाशाखाको अनुमान छ।

देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। साथै मधेश र तराई क्षेत्रका केही स्थानमा दिउँसो हावाहुरी चल्ने सम्भावना पनि छ।

राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी र मधेश प्रदेशसहित केही पहाडी तथा अन्य भागमा मेघगर्जनसहित वर्षा हुनेछ। हिमाली भू-भागमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको तराईका केहि स्थानमा हावाहुरी चल्ने अनुमान छ। रासस

 


प्रकाशित : बिहीबार , साउन १ २०८२०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend