मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ

बुधबार, असार ३२ २०८२
कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले आज दिउँसो उनलाई नगरपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो।

सिरहा- सिराहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रूपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले आज दिउँसो उनलाई नगरपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार, उपभोक्ता समितिबाट भुक्तानीको प्रक्रियामा नगरप्रमुख साहले एक लाख रुपैयाँ घुस लिइरहेका बेला उनी पक्राउ परेका हुन्। आयोगले पूर्व जानकारीका आधारमा निगरानी गर्दै आएको र प्रमाणसहित उनलाई नियन्त्रणमा लिएको आयोग स्रोतले जनाएको छ।

हाल घटनास्थलबाट घुस रकमसहितको मुचुल्का तयार पारी साहविरुद्ध आवश्यक कानून प्रक्रिया अगाडि बढाइएको आयोगको कार्यालय बर्दीबासले जानकारी दिएको छ। रासस

प्रकाशित : बुधबार, असार ३२ २०८२१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend