मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत

बुधबार, असार ३२ २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत

विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले गुरुकुल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्रस्रोत सुनिश्चित गराउन सातै प्रदेशमा ‘एक विद्यापीठ : एक नमुना गुरुकुल’ को अवधारणा अगाडि ल्याइएको बताए।

काठमाडौं- नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३१ करोड रूपैयाँको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय-व्ययको बजेट पारित भएको हो।

बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवर्द्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताए।

विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले गुरुकुल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्रस्रोत सुनिश्चित गराउन सातै प्रदेशमा ‘एक विद्यापीठ : एक नमुना गुरुकुल’ को अवधारणा अगाडि ल्याइएको बताए। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend