मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी छ : गृहमन्त्री लेखक

बुधबार, असार ३२ २०८२
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी छ : गृहमन्त्री लेखक

'हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ', उनले भने, 'विपद्को सामाना र व्यवस्थापनका लागि तीनवटै तहबीच समन्वय र सहकार्य जरुरी छ।'

काठमाडौं- गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन्।

आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीनवटै तहको कार्यक्षेत्रमा पर्ने बताए।

'हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ', उनले भने, 'विपद्को सामाना र व्यवस्थापनका लागि तीनवटै तहबीच समन्वय र सहकार्य जरुरी छ।'

सातवटै प्रदेशमा आपत्कालीन गोदामघरहरू रहेको बताउँदै उनले ती गोदामघर सञ्चालन प्रदेश सरकारले गर्नेगरी हस्तान्तरण गरिएको जानकारी दिए। 'काठमाडौंको गोदामघर विपद् प्राधिकरणसँग रहन्छ', उनले भने, '६ वटा प्रदेशस्तरका गोदामघरको सञ्चालन प्रदेश सरकारले गर्नेछन्।'

नागरिकसँगको सबैभन्दा नजिक स्थानीय जनप्रतिनिधि रहने भएकाले आपत्कालीन गोदामघरहरू पालिकास्तरमा स्थापना गरेर तल्लो तहसम्म विपद् व्यवस्थापनका लागि सक्षम बनाउनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए। उनले विपद् पूर्वसूचना र विपद् पछिको खोज, उद्धार तथा पुनःस्थापनामा सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताए।

विगतमा विपद्का बेला गोदामघरबाट सामग्री उपयोग गर्दाको झन्झटिलो प्रक्रियालाई सहज पार्दै गोदामघर प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend