मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

बुधबार, असार ३२ २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव पाँच मात्रै भएको बताइएको छ।

काठमाडौं- लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८औँ बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाख रूपैयाँको बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो। विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव पाँच मात्रै भएको बताइएको छ।

कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आव लाग्नुअगावै आगामी आव बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको हो। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend