मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

एक वर्षमा २ खर्ब १५ अर्ब वैदेशिक ऋण सम्झौता

बुधबार, असार ३२ २०८२
एक वर्षमा २ खर्ब १५ अर्ब वैदेशिक ऋण सम्झौता

अर्थ मन्त्रालयको विवरणअनुसार  ऊर्जा, यातायात, सिँचाइलगायतका क्षेत्रमा ऋण तथा अनुदान सम्झौता भएको हो।

काठमाडौं- आर्थिक वर्ष २०८१/८२ मा सरकारले २ खर्ब १५ अर्ब रूपैयाँ बराबरको वैदेशिक ऋण सम्झौता गरेको छ।

विभिन्न दातृ निकायहरूसँग नेपाल सरकारले विभिन्न परियोजनाका लागि २ खर्ब १५ अर्ब ५४ करोड रूपैयाँको ऋण सम्झौता गरेको हो। 

त्यस्तै, एक वर्षमा सरकारले ५७ अर्ब  रूपैयाँको अनुदान सम्झौता गरेको छ।

ऋण तथा अनुदानसहितको गरी एक वर्षमा २ खर्ब ७३ अर्ब रूपैयाँ सहायता सम्झौता गरेको छ। सबैभन्दा धेरै बहुपक्षीय निकाय विश्व बैंक र एडीबीजस्ता संस्थासँग सम्झौता भएको छ।

अर्थ मन्त्रालयको विवरणअनुसार  ऊर्जा, यातायात, सिँचाइलगायतका क्षेत्रमा ऋण तथा अनुदान सम्झौता भएको हो।


प्रकाशित : बुधबार, असार ३२ २०८२१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend