मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

बुधबार, असार ३२ २०८२
नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देशसमेत प्रदान गरेको कम्पनीको भनाइ छ।

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम गरेको छ।

स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको कम्पनीले जनाएको छ।

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देशसमेत प्रदान गरेको कम्पनीको भनाइ छ। आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्ने नेपाल लाइफको विश्वास छ।

प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुक्त हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधीकरण गर्दै जाने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।

कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको उनको भनाइ छ।


प्रकाशित : बुधबार, असार ३२ २०८२१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend