मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

वीरगञ्जमा खानेपानी संकट टार्न वारुणयन्त्रबाट आपूर्ति

बुधबार, असार ३२ २०८२
वीरगञ्जमा खानेपानी संकट टार्न वारुणयन्त्रबाट आपूर्ति

प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ।

धनुषा- वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ । 

 प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको जानकारी दिए। खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबिसै घण्टा परिचालित गरिने जानकारी दिँदै उनले वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए।

साथै सेनाले आफूसँग भएका सातवटा ट्यांकरबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ। यसअघि वन विभागले तीनवटा ट्यांकरमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend